अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले थप ७० अर्ब रुपैयाँ खिच्ने

Author

सजिलो पत्रिका

२०८३ असार १०, बुधबार

8
Share
Featured
  • बैंकिङ प्रणालीमा बढेको अतिरिक्त तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले थप ७० अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ।
  • हाल वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ।
  • ब्याजदर स्थिर राख्न र बजारमा नगदको सन्तुलन कायम गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैंकिङ प्रणालीमा अधिक तरलता (अतिरिक्त नगद) को समस्या बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ खिच्ने भएको छ। वित्तीय प्रणालीमा रहेको अतिरिक्त पैसा व्यवस्थापन गर्न केन्द्रीय बैंकले बुधबार 'निक्षेप संकलन उपकरण' मार्फत उक्त रकम संकलन गर्न लागेको हो।

हाल वित्तीय प्रणालीमा करिब ५६ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा राखेको रकम परिपक्व भई पुनः बजारमा आउने क्रम जारी रहेकाले त्यसलाई सन्तुलनमा राख्न यो कदम चालिएको हो। राष्ट्र बैंकले हालसम्म विभिन्न उपकरणमार्फत १० खर्ब ९४ अर्ब रुपैयाँ खिचिसकेको छ।

अहिले राष्ट्र बैंकले तरलता खिच्दा दिने स्थायी निक्षेप सुविधा (SDF) को ब्याजदर २.७५ प्रतिशत कायम छ। बजारमा पैसा धेरै हुँदा ब्याजदर अस्वाभाविक रूपमा नघटोस् भन्नका लागि केन्द्रीय बैंकले यस्ता मौद्रिक उपकरणहरू प्रयोग गरी तरलता सन्तुलन कायम गर्ने गर्दछ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व सम्पदा क्षेत्रको सौन्दर्य बढाउन 'वार्म लाइट' जडान गरिँदै

    काठमाडौँ।सरकारले काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको सौन्दर्य अभिवृद्धि गर्न हाल प्रयोग भइरहेका सेता एलइडी र सिएफएल बत्ती हटाएर 'वार्म लाइट' (पहेँलो प्रकाश) जडान गर्ने तयारी गरेको छ। ऐतिहासिक र सांस्कृतिक संरचनाको मौलिक स्वरूप र कलात्मकतालाई थप उजागर गर्न ऊर्जा, जलस्रोत र सिंचाइ मन्त्रालयले यस्तो योजना अघि सारेको हो।ऊर्जा

    Data is loading...

    Loading brands...

    Loading footer...