रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

Author

सजिलो पत्रिका

२०८३ असार ०९, मङ्गलबार

3
Share
Featured

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिएका छन् ।

बन्द सत्र हल बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना केन्द्रीय समिति सदस्य, सांसद तथा सचिवालय सदस्यको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएको बताएका हुन् ।

‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको छ,’ केसीले भने । उम्मेदवारी दर्ताको समय बाँकी रहे पनि सभापति पदमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उनले स्पष्ट पारे ।

केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ताको प्रक्रिया जारी रहेको र यो केही समय अझै चल्ने केसीले जानकारी दिए । उनका अनुसार मतदान प्रक्रिया भोलि बिहान ९ बजेदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपा सभापतिमा लामिछानेको एकल उम्मेदवारी

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब बन्ने नयाँ कार्यसमितिको केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिएका छन् । सभापति पदमा उनको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनको उम्मेदवारी परेको हो । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले उनको एकल उम्मेदवारी

    Data is loading...

    Loading brands...

    Loading footer...