प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ बहुमतले पारित

Author

सजिलो पत्रिका

२०८३ असार ०५, शुक्रबार

4
Share
Featured
  • प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ‘विनियोजन विधेयक, २०८३’ बहुमतले पारित गरेको छ।
  • २० जना सांसदले दर्ता गराएका खर्च कटौती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका छन्।
  • विधेयक पारित भएसँगै सरकारले बजेट खर्च गर्ने कानुनी आधार प्राप्त गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभाको आजको बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि 'विनियोजन विधेयक, २०८३' बहुमतले पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले अनुमोदन गरेसँगै सरकारलाई बजेट खर्च गर्ने कानुनी बाटो खुलेको हो।

विधेयक पारित हुनुअघि २० जना सांसदहरूले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमा राखेको खर्च कटौतीको प्रस्तावलाई सभाको बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री वाग्लेले गत जेठ १५ गते संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए।

असार १ र २ गते मन्त्रालयगत शीर्षकहरूमा भएको छलफल र सम्बन्धित मन्त्रीहरूले दिएको जवाफपछि आज सभामुख डोलप्रसाद अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ५ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँस्वर्णिम वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...