संसदीय मर्यादा उल्लंघन गरेको भन्दै दुई मन्त्रीविरुद्ध एमालेको नियमापत्ति

Author

सजिलो पत्रिका

२०८३ असार ०४, बिहिबार

4
Share
Featured
  • एमाले प्रमुख सचेतक ऐनबहादुर महरले दुई मन्त्रीले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
  • परराष्ट्रमन्त्री शिशिर खनाल र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल बोलिरहेका सांसद र सभामुखबीचबाट हिँडेको आरोप लगाइएको छ।
  • महरले उक्त घटनामा सभामुखसँग रुलिङको माग गर्दै मन्त्रीहरूको व्यवहारको निन्दा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिहीबारको प्रतिनिधि सभा बैठकमा सरकारका दुई मन्त्रीले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐन बहादुर महरले कडा आपत्ति जनाएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेशकुमार मल्लले बोलिरहेका बेला परराष्ट्रमन्त्री शिशिर खनाल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल सभामुख र मल्लको बीचबाट हिँडेपछि महरले नियमापत्ति जनाएका हुन्।

प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम (६) मा सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था छ। महरले सदनको गरिमा कायम राख्ने मुख्य जिम्मेवारी सरकार र मन्त्रीहरूकै भए पनि उनीहरूले नै नियमको धज्जी उडाएको आरोप लगाए।

"मन्त्रीज्यूहरूले नियम २० को (६) अनुसार गर्न नहुने काम गर्नुभएको छ, यसको म घोर आपत्ति र निन्दा गर्दछु," महरले भने। उनले मन्त्रीहरूको यस्तो व्यवहारप्रति सभामुख डोल प्रसाद अर्याल (डिपी) सँग रुलिङको माग समेत गरेका छन्। मन्त्रीहरूले बोलिरहेका सदस्यलाई बेवास्ता गर्दै सभामुखतर्फ पिठ्युँ फर्काएर हिँडेको भन्दै एमालेले यसलाई गम्भीर लापरबाहीका रूपमा लिएको छ।


यो समाचारमा

काठमाडौँशिशिर खनालऐन बहादुर महरप्रतिनिधि सभा
नेपाल कम्युनिष्ट पार्टी (एमाले)6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री भएर गुनासो नगर्न महावीर पुनलाई हर्क साम्पाङको चेतावनी

    काठमाडौँ।श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो नगर्न र सदनको समय खेर नफाल्न सचेत गराएका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्री पुनले कानुनको अभाव र बजेट खर्चमा समस्या रहेको भन्दै लामो र ठट्यौलीपूर्ण जवाफ दिएपछि साम्पाङले असन्तुष्टि जनाएका हुन्।"सरकारले गुनासो गर्ने

    Data is loading...

    Loading brands...

    Loading footer...