काठमाडौँ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५३५ सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा १९ लाख ७७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा मादकपदार्थ सेवन (मापासे) गर्ने १०१, नियमविपरीत 'राइड सेयरिङ' गर्ने १२९, ट्राफिक लाइट मिच्ने १०६ र तीव्र गतिमा सवारी चलाउने १३८ जना रहेका छन्।
यस्तै, निषेधित क्षेत्रमा हर्न बजाउने १४१, सडकपेटीमा पार्किङ गर्ने ११७, लेन अनुशासन मिच्ने ८१ र एकतर्फी सडकमा सवारी चलाउने ११३ जनालाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न सवारी नियम पालना नगर्ने १ हजार ६०९ जना चालक पनि प्रहरीको फन्दामा परेका छन्। ट्राफिक प्रहरीले सडक अनुशासन कायम राख्न निगरानी र कारबाहीलाई तीव्र पारेको जनाएको छ।