काठमाडौंमा २४ घण्टामा २४०८ चालक कारबाहीमा, साढे ४ लाख राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

3
Share
Featured
  • काठमाडौं उपत्यकामा २४ घण्टामा २,४०८ चालक ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।
  • कारबाहीबाट ४ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
  • तीव्र गति, मापासे, ट्राफिक लाइट उल्लंघन र अवैध राइड सेयरिङ गर्ने चालकहरू बढी कारबाहीमा परेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४०८ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा ४ लाख ५८ हजार रुपैयाँ राजस्व दाखिला भएको छ।

कारबाहीमा पर्नेहरूमध्ये सबैभन्दा धेरै तीव्र गतिमा सवारी चलाउने २८४ जना रहेका छन्। यस्तै, मादक पदार्थ सेवन (मापासे) गर्ने १४०, ट्राफिक लाइट उल्लंघन गर्ने १३८, सडक पेटीमा पार्किङ गर्ने १२४, र नियमविपरीत 'राइड सेयरिङ' गर्ने ११६ जनालाई कारबाही गरिएको छ।

यसका साथै लेन अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य विभिन्न नियम पालना नगर्ने १ हजार ३३५ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालना गराउन उपत्यकाका विभिन्न स्थानमा निगरानी बढाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आफ्नै सारथिहरूमाथि खनिए ओली: विष्णु पौडेललाई भने 'अपराधी र पापी'

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्। पार्टी पुनर्गठन कार्यदलले बागमती प्रदेशका कार्यकर्ताबाट 'वर्तमान नेतृत्वबाट पार्टी पुनःनिर्माण सम्भव नभएको' सुझाव ल्याएपछि ओली आफ्नै निकटस्थ नेताहरूमाथि खनिएका हुन्।शनिबार आफ्नै निवास गुण्डुमा आयोजित छलफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...