काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

Author

सजिलो पत्रिका

२०८३ जेठ ३१, आइतबार

4
Share
Featured
  • काठमाडौं महानगरले आगामी आर्थिक वर्षका लागि फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै शहरलाई ७ क्लस्टरमा विभाजन गर्ने नीति ल्याएको छ।
  • ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार एकद्वार प्रणालीबाट फोहोर व्यवस्थापन शुल्क संकलन गरिनेछ।
  • बञ्चरेडाँडामा यान्त्रीकृत फोहोर व्यवस्थापन तथा पुनःप्राप्ति केन्द्र सञ्चालन गरी वैज्ञानिक ढंगले फोहोरको अन्तिम व्यवस्थापन गरिने योजना छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि फोहोरमैला व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार आयोजित १९औँ नगर अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको नीतिमा महानगर क्षेत्रलाई ७ वटा क्लस्टर (समूह) मा विभाजन गरी प्रविधिको प्रयोगमार्फत फोहोरको उचित व्यवस्थापन गर्ने उल्लेख छ।

नयाँ नीतिअनुसार फोहोरलाई निःशुल्क, सशुल्क, न्यूनीकरण र रचनात्मक पुनःचक्रणका आधारमा वर्गीकरण गरी व्यवस्थापन गरिनेछ। कार्यवाहक प्रमुख डंगोलका अनुसार 'प्रदूषकले तिर्ने' सिद्धान्तका आधारमा अब एकद्वार प्रणालीमार्फत फोहोर व्यवस्थापन शुल्क संकलन गर्ने व्यवस्था मिलाइनेछ।

यस्तै, बञ्चरेडाँडा ल्याण्डफिल साइटमा 'मेकानाइज्ड मेटेरियल रिकभरी फ्यासिलिटी' (यान्त्रीकृत फोहोर व्यवस्थापन तथा पुनःप्राप्ति केन्द्र) सञ्चालन गरी वैज्ञानिक ढंगले फोहोरको अन्तिम व्यवस्थापन गरिने महानगरको योजना छ। कुल १०१ बुँदा समेटिएको यस नीति तथा कार्यक्रमले काठमाडौंको वातावरणीय सुधार र आधुनिक फोहोर व्यवस्थापनलाई मुख्य लक्ष्य बनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौं महानगरको नयाँ नीति, फोहोरको शुल्क अब एकद्वार प्रणालीबाट संकलन गरिने

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप प्रभावकारी बनाउन 'एकद्वार प्रणाली' मार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले 'प्रदूषकले तिर्ने' सिद्धान्तका आधारमा शुल्क संकलन गरिने जानकारी दिइन्।महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सम्पूर्ण सूचना र विवरणलाई अनलाइन एपमार्फत

    Data is loading...

    Loading brands...

    Loading footer...