एकैदिन २१ लाख ८६ हजार राजस्व संकलन

Author

सजिलो पत्रिका

२०८३ असार ०२, मङ्गलबार

5
Share
Featured
  • काठमाडौँ उपत्यकामा २४ घण्टामा २,२९९ चालक कारबाहीमा परेका छन्, जसबाट २१ लाख ८६ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ।
  • मापासे (९५), तीव्र गति (१४७) र ट्राफिक लाइट उल्लङ्घन (१२९) गर्ने चालकहरू प्रमुख रूपमा कारबाहीमा परेका छन्।
  • राइड सेयरिङ, लेन अनुशासन, हर्न दुरुपयोग, पार्किङ र एकतर्फी सडक उल्लङ्घन लगायतका कसुरमा पनि व्यापक कारबाही गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार २९९ सवारीचालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस कारबाहीबाट राज्यकोषमा २१ लाख ८६ हजार ५०३ रुपैयाँ राजस्व दाखिला भएको छ।

कारबाहीमा पर्नेहरूमध्ये मादक पदार्थ सेवन (मापासे) गरेका ९५ जना, तीव्र गतिमा सवारी चलाउने १४७ जना र ट्राफिक सङ्केत बत्ती (ट्राफिक लाइट) उल्लङ्घन गर्ने १२९ जना रहेका छन्। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने ९९, लेन अनुशासन पालना नगर्ने १०८ र निषेधित क्षेत्रमा हर्न बजाउने ११५ जनालाई पनि कारबाही गरिएको छ।

यसका साथै सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी सडकमा सवारी चलाउने ९८ र अन्य विविध नियम उल्लङ्घन गर्ने १ हजार ४२१ जना चालक कारबाहीमा परेका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षा र नियम पालनालाई कडाइका साथ लागू गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी बढाएको जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशमै रोजगारी सिर्जना गर्न तीनै तहका सरकारबीच सहकार्य हुन्छ- श्रममन्त्री यादव

    काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार सक्रिय रूपमा लागिपरेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री यादवले रोजगारी प्रवर्द्धनका लागि आवश्यक नीतिगत र संरचनागत जग बसाल्ने काम भइरहेको जानकारी दिए।मन्त्री यादवले 'राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...