मेसीको ह्याट्रिक र विश्व कीर्तिमानसँगै विश्वकपमा अर्जेन्टिनाको विजयी सुरुवात

Author

सजिलो पत्रिका

२०८३ असार ०३, बुधबार

5
Share
Featured
  • फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ।
  • लियोनेल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरेका छन्।
  • यो जितसँगै अर्जेन्टिनाले समूह ‘जे’ मा ३ अंक जोडेको छ र अब अस्ट्रिया तथा जोर्डनसँग खेल्नेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

फिफा विश्वकप २०२६ अन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३-० गोल अन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सीले निर्णायक ह्याट्रिक गरे।

मेसीले खेलको १७औँ, ६०औँ र ७६औँ मिनेटमा गोल गर्दै आफ्नो विश्वकप करियरको पहिलो ह्याट्रिक पूरा गरे। यस ह्याट्रिकसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। साथै, मेसी छैटौँ विश्वकप खेल्ने विश्वकै पहिलो खेलाडी समेत बनेका छन्।

यो जितसँगै समूह 'जे' मा रहेको अर्जेन्टिनाले ३ अंक जोडेको छ। अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेल जुन २२ मा अस्ट्रियासँग र तेस्रो खेल जुन २८ मा जोर्डनसँग खेल्ने तालिका छ। पराजित अल्जेरियाले भने जुन २३ मा जोर्डनको सामना गर्नेछ।

यो समाचारमा

लियोनेल मेस्सीकाठमाडौँअर्जेन्टिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपाललाई कतारले दियो ७७ रनको लक्ष्य

    काठमाडौँ।मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि ७७ रनको सामान्य लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले १६.५ ओभरमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनाउन सक्यो।कतारका लागि ओपनर गेटरुडे चन्दिरुले सर्वाधिक २५ रन जोडिन् भने कप्तान आइशाले १० रन बनाइन्। अन्य

    Data is loading...

    Loading brands...

    Loading footer...