काठमाडौँ ।
संवैधानिक व्यवस्था अनुसार सातवटै प्रदेश सरकारले आज (असार १ गते) आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दै छन्। सम्बन्धित प्रदेश सभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले आगामी वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस वर्षको बजेटमा प्रदेशहरूले पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि उत्पादन वृद्धि र आन्तरिक राजस्व परिचालनलाई मुख्य प्राथमिकतामा राख्ने अपेक्षा गरिएको छ। सबै प्रदेशले यसअघि नै आफ्नो नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेका छन्।
बजेट प्रस्तुतिको समय तालिका:
मधेश प्रदेश: दिउँसो १ बजे
कर्णाली प्रदेश: दिउँसो ३ बजे
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश: दिउँसो ४ बजे
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश: साँझ ५ बजे
संघीय सरकारको बजेट सार्वजनिक भएको दुई सातापछि आउन लागेको यो बजेटले स्थानीय आवश्यकता र प्रदेश सरकारहरूको वित्तीय व्यवस्थापन क्षमताको दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।