रास्वपा महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि

Author

सजिलो पत्रिका

२०८३ असार ०७, आइतबार

4
Share
Featured
  • रास्वपाका संस्थापक महामन्त्री डा. मुकुल ढकाल ले पहिलो राष्ट्रिय महाधिवेशनमा निमन्त्रणा नपाएको भन्दै असन्तुष्टि जनाएका छन्।
  • उनले पार्टी स्थापनाका कठिन दिनहरू स्मरण गर्दै आफूलाई निम्तो नदिनु विडम्बनापूर्ण भएको बताएका छन्।
  • ढकालले महाधिवेशन प्रतिनिधिहरूलाई व्यक्ति होइन, पार्टीको नीति, सिद्धान्त र संस्थागत विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवनमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनमा आफूलाई निमन्त्रणा नगरिएको भन्दै संस्थापक महामन्त्री डा. मुकुल ढकालले असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले पार्टी स्थापना गर्ने व्यक्ति नै महाधिवेशनको निम्तो सूचीमा नपर्नु विडम्बनापूर्ण भएको बताएका हुन्।

ढकालले पार्टी स्थापनाका सुरुवाती दिनहरूमा ५०० नागरिकता संकलन गर्न समेत कठिन भएको संघर्षपूर्ण समय स्मरण गर्दै आज पार्टी दुई तिहाइ जनमतसहित सरकारको नेतृत्वमा पुग्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। पार्टीविरोधी गतिविधिको आरोपमा निष्कासित ढकालले आफू भौतिक रूपमा उपस्थित नभए पनि आफ्ना विचार र सिद्धान्त महाधिवेशनमा महत्त्वपूर्ण हुने दाबी गरे।

उनले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई कुनै व्यक्ति वा पदको पछि नलागी पार्टीको नीति, सिद्धान्त र संस्थागत विकासलाई प्राथमिकता दिन आग्रह गरेका छन्। रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा विभिन्न दलका नेताहरूलाई बोलाए पनि आफ्नै पूर्वमहामन्त्री ढकाललाई भने बाहिरै राखेको छ।

यो समाचारमा

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीमुकुल ढकालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    Data is loading...

    Loading brands...

    Loading footer...