बिजुलीमा कर लगाउने सरकारको निर्णय 'उल्टो बाटो'- महासचिव पोखरेल

Author

सजिलो पत्रिका

२०८३ जेठ १६, शनिबार

17
Share
Featured
  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५% भ्याट लगाउने निर्णयलाई ‘उल्टो बाटो’ भएको बताएका छन्।
  • उनका अनुसार यो नीतिले स्वदेशी विद्युत् उपयोगलाई निरुत्साहित गरी पेट्रोलियम पदार्थमा निर्भरता बढाउन सक्छ।
  • जनतामाथि अतिरिक्त करको बोझ थपिएको भन्दै उनले निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बिजुली खपतमा कर लगाउने निर्णय गरेको भन्दै त्यसलाई 'उल्टो बाटो' को संज्ञा दिएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शनिबार संसद्मा प्रस्तुत गरेको बजेटमा ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत भ्याट लगाउने घोषणा गरेपछि पोखरेलले यस्तो टिप्पणी गरेका हुन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै महासचिव पोखरेलले पेट्रोलियम पदार्थको आयात घटाउनुपर्ने बेला स्वदेशी ऊर्जाको उपभोगलाई निरुत्साहित गर्नु अविवेकी निर्णय भएको बताए। "नेपाल जलस्रोतमा धनी राष्ट्र भएर पनि आफ्नै प्राकृतिक स्रोतको उपयोगमा नागरिकलाई निरुत्साहित गर्नु कसको हितमा छ?" उनले प्रश्न गरेका छन्।

पोखरेलले सरकारको यो कदमले पेट्रोलियम पदार्थको निर्भरता बढाउने र विद्युतीय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्ने दाबी गरे। बजेटको आकार बढाउन आयस्रोत देखाउने नाममा जनताको ढाड सेक्ने काम भएको भन्दै उनले यो निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। सरकारले विद्युत् खपत बढाएर आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा जोड दिनुपर्नेमा उल्टो नीति लिएको उनको ठहर छ।


यो समाचारमा

शंकर पोखरेलकाठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ - नेता पुन

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नेपाल र रुसबीचको सात दशक लामो कूटनीतिक सम्बन्ध पारस्परिक सम्मान, समानता र मित्रतामा आधारित रहेको बताएका छन् ।नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा नेपालस्थित रुसी दूतावासद्वारा काठमाडौंको ‘रसियन कल्चर सेन्टर’ मा सोमबार आयोजित फोटो प्रदर्शनी उद्घाटन गर्दै पुनले

    Data is loading...

    Loading brands...

    Loading footer...