आज आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आउँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

13
Share
Featured
  • आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ।
  • अर्थमन्त्री स्वर्णिम वाग्लेले पहिलोपटक संघीय बजेट प्रस्तुत गर्न लागेका हुन्।
  • संविधानअनुसार हरेक वर्ष जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने व्यवस्था छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ ।

बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले पहिलोपटक संघीय बजेट प्रस्तुत गर्न लागेका हुन् ।

नयाँ संविधान जारी भएपछि हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्न लागेको हो ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीस्वर्णिम वाग्लेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्यका विषयमा छलफल

    काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास र अनुसन्धान सहकार्यका विषयमा छलफल भएको छ। छलफलमा विद्यार्थी संलग्नता, विज्ञसूची निर्माण र प्रतिष्ठानका अध्ययनहरूका लागि क्षेत्रीय 'आउटपोस्ट' (Regional Outpost) को अवधारणालगायतका विषयमा कुराकानी भएको थियो।छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई, वरिष्ठ अनुसन्धानकर्ताहरू तथा विश्वविद्यालयका तर्फबाट अन्तर्राष्ट्रिय

    Data is loading...

    Loading brands...

    Loading footer...