देशभर १७औँ गणतन्त्र दिवस मनाइँदै

Author

सजिलो पत्रिका

२०८३ जेठ १५, शुक्रबार

14
Share
Featured
  • आज देशभर १७औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ, सरकारले सार्वजनिक बिदा दिएको छ।
  • टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको छ।
  • प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले यसपटक सम्बोधन नगरी संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिबाटै सम्बोधन गराउने नयाँ अभ्यास सुरु गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

वि.सं. २०६५ जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रारम्भ भएको ऐतिहासिक दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी १७औँ गणतन्त्र दिवस मनाइँदैछ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

दिवसका अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको छ। राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश जारी गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

यसपटकको गणतन्त्र दिवस मूल समारोहमा एउटा नयाँ अभ्यास देखिने भएको छ। विगतमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा रहे पनि यसपालि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने छैनन्। उनले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिलाई नै सम्बोधन गरिदिन पत्राचार गरिसकेका छन्। प्रधानमन्त्री शाहले संवैधानिक प्रावधानलाई आधार मान्दै राष्ट्रप्रमुखबाटै सम्बोधन हुनुपर्ने नयाँ नजिर बसाउन खोजेका हुन्।

यो समाचारमा

काठमाडौँबालेन्द्र शाह (बालेन)रामचन्द्र पौडेलगणतन्त्र दिवस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...