लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक सम्पन्न

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार १२:३४

11
Share
Featured

काठमाडौँ

मुस्ताङको उपल्लो लोमान्थाङमा नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। नेपाली पक्षबाट मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

बैठकमा कोरलानाका क्षेत्रको सीमा सुरक्षा, आवागमन व्यवस्थापन, तस्करी तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणजस्ता विषयमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिइन्। दुवै पक्षले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने सहमति जनाएका छन्।

यसैगरी, नेपाल–चीन स्थानीय प्रशासन र जनसरकारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लैजाने विषयमा पनि सहमति भएको छ। सीमा क्षेत्रको सुरक्षा तथा सहकार्यका विषयमा यस्ता बैठक बर्सेनि आलोपालो रूपमा नेपाल र चीन दुवै पक्षमा आयोजना हुँदै आएको जनाइएको छ।

यो समाचारमा

मुस्ताङकाठमाडौँचीननेपाल

ट्यागहरू

#तिब्बत#नेपाल#चीन#मुस्ताङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू