
काठमाडौँमुस्ताङको उपल्लो लोमान्थाङमा नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको छ। शुक्रबार सम्पन्न उक्त बैठकमा दुवै देशका सुरक्षा अधिकारी तथा स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।बैठकमा चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। नेपाली पक्षबाट मुस्ताङकी प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, सुरक्षा निकायका प्रमुखहरू तथा स्थानीय...