कालो नम्बर प्लेटमा भ्रष्टाचार भएको भन्दै सांसद पुनद्वारा छानबिनको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

24
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा सदस्य महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको आरोप लगाउँदै तत्काल छानबिनको माग गरेका छन्। बिहीबार संसद्‌को आकस्मिक समयमा बोल्दै उनले यातायात क्षेत्रमा सिन्डिकेट र अनियमितता कायम रहेको दाबी गरे।

सांसद पुनका अनुसार ट्याक्सी आयातमा सरकारले भारी भन्सार शुल्क लिने गरे पनि कालो नम्बर प्लेटका नाममा थप १५ लाख रुपैयाँसम्म अवैध रूपमा असुल भइरहेको छ। उनले यसमा सरकारी निकाय र प्रदेश सरकारबीच मिलेमतो हुन सक्ने आशंका व्यक्त गर्दै प्रणाली खारेज गर्न आग्रह गरे।

यसैबीच उनले बाँदर आतंक नियन्त्रणका लागि पनि ठोस अनुसन्धान र प्रविधिको विकास आवश्यक रहेको बताएका छन्। उनले सरकारलाई यस विषयमा पर्याप्त बजेट छुट्याएर वैज्ञानिक समाधान खोज्न सुझाव दिएका छन्।

यो समाचारमा

महावीर पुनकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...