काठमाडौँ
धितोपत्र बजारमा मंगलबार पनि गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव ५१ अङ्कले घटेर दुई हजार ७२४ दशमलव ३९ विन्दुमा पुगेको छ भने ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ० दशमलव ६८ अङ्कले घटेर ४६७ दशमलव ३७ मा सीमित भएको छ।
आज ३४६ कम्पनीका ७८ लाखभन्दा बढी कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम तीन अर्ब आठ करोड ७७ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कारोबारका आधारमा सिटी होटल, साहस ऊर्जा, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र एसवाई नेपाल लिमिटेड अग्रस्थानमा रहेका छन्।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल रिपब्लिक मिडिया, दार्माखोला हाइड्रो इनर्जी र केही अन्य कम्पनीका लगानीकर्ताले नाफा कमाउँदा सिटी होटल, थ्री स्टार हाइड्रोपावर, प्रभु बैंक ऋणपत्र २०८७, झापा इनर्जी र केबिए डिबेञ्चरका लगानीकर्ताले घाटा बेहोरेका छन्।