आर्थिक गणना हालसम्म ८७.८ प्रतिशत सम्पन्न

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

17
Share
Featured
  • राष्ट्रिय आर्थिक गणना २०८२ हालसम्म ८७.०८ प्रतिशत सम्पन्न भएको छ भने गणना असार ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
  • हालसम्म देशभर आठ लाखभन्दा बढी कागजी फारम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ वितरण गरिएको छ भने सरकारको नीति, योजना र आर्थिक तथ्याङ्क सुदृढीकरणका लागि गणना महत्त्वपूर्ण हुने बताइएको छ।
  • कार्यक्रममा रेडियोकर्मीहरूले सरकारी विज्ञापन कटौती नगर्न, कर प्रणाली सहज बनाउन र रेडियो संरक्षणका लागि लचिलो नीति तथा सहुलियत दिन सरकारसँग आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय तथ्याङ्क कार्यालयले सुरु गरेको दोस्रो ‘राष्ट्रिय आर्थिक गणना, २०८२’ मा हाल सम्म ८७ दशमलव शून्य आठ प्रतिशत गणना सम्पन्न भएको छ । 

थापाथलीस्थित कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमार्फत गणनाको हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो ।

कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले वैशाख २ गतेदेखि सुरु भएको गणना आगामी असार ७ गतेसम्म जारी रहने बताएका छन् ।। यस बीचमा देशभरका गणकहरूले स्थलगत तथ्याङ्क सङ्कलन गरी हालसम्म आठ लाखभन्दा बढी कागजी फारम र १० हजारभन्दा बढी ‘इसेन्सस टोकन’ बाँडिसकेका उनले जानकारी दिए।

कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले स्थलगत विवरण सङ्कलन सक्रिय रूपमा भइरहेको बताउँदै गणनामा खटिने प्रतिष्ठानहरूले सत्य, तथ्य विवरण उपलब्ध गराई दिनहुन आग्रहसमेत गरेका छन् । उनका अनुसार खास गरी रेडियोमा काम गर्ने सञ्चारकर्मीले गणना भइरहेको बारे प्रचारप्रसार गरेर सहजीकरण गरिदिन अनुरोध गरेका छन्  । 

प्रमुख तथ्याङ्क अधिकारी डा पोख्रेलले सरकारलाई आगामी लक्ष्य पूरा गर्न राष्ट्रिय आर्थिक गणना महत्त्वपूर्ण आधार बन्न सक्ने धारणा राखेका छन् । प्रतिष्ठान, व्यवसायको संरचना, सङ्ख्या, विवरण र रोजगारी तथा आर्थिक विवरण प्राप्त गर्ने, कुल ग्रार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखाका अन्य अनुमानलाई समयसापेक्ष सुदृढीकरण गर्ने, प्रतिष्ठानमा आधारित सर्वेक्षण सञ्चालन गर्नका लागि तथ्याङ्कीय ‘स्याम्पल फ्रेम’ प्राप्त गर्ने, सङ्घीय संरचनामा सबै सरकारलाई आर्थिक विकासको नीति, योजना तथा कार्यक्रम तर्जुमा र मूल्याङ्कन गर्नेलगायत उद्देश्यका लागि आर्थिक गणना प्रभावकारी हुने उनले बताए ।

कार्यक्रममा सहभागी रेडियोकर्मीहरूले सरकारले सरकारी विज्ञापन कटौती गर्न नहुने धारणा राख्दै विभिन्न चरणमा सात प्रकारका कर तिर्नुपर्ने झन्झटिलो प्रक्रियाबाट पीडित हुनुपरेको गुनासो गरेका छन् । । पत्रकार सम्मेलनमा सहभागी नेपाली रेडियो नेटवर्कका प्रबन्ध निर्देशक अमृत अधिकारीले आमजनतामा अझै पनि लोकप्रिय र प्रभावकारी माध्यम रेडियो भएको बताउँदै राज्यले यसको संरक्षणका लागि लचिलो नीति अपनाउनुपर्ने धारणा राखेका छन् । उनले कर छुट र विज्ञापनमा सहजीकरण गरिदिँदा रेडियो बाँच्ने आधार सिर्जना हुने भन्दै सरकारसँग सोका लागि आग्रह गरेका छन् ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...