नेप्से परिसूचक झिनो अङ्कले घट्यो, दुई अर्बभन्दा बढीको कारोबार

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार १६:१३

14
Share
Featured

काठमाडौँ

धितोपत्र बजारमा सोमबार नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक एक दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार सात सय ३० दशमलव ९१ बिन्दुमा कायम भएको हो ।

यद्यपि, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ५० अङ्कले बढेर चार सय ६८ दशमलव शून्य पाँचमा पुगेको छ । आज कुल तीन सय ३९ कम्पनीका ५८ लाख २८ हजारभन्दा बढी कित्ता सेयर दुई अर्ब ४५ करोड रुपैयाँभन्दा बढीमा खरिदबिक्री भएका छन् ।

कारोबार भएका कम्पनीमध्ये एक सय १९ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ३२ कम्पनीको मूल्य घटेको छ । १८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । कारोबार रकमका आधारमा साहस ऊर्जा, रिलायान्स स्पिनिङ मिल्स, एसवाई प्यानल, अपी पावर कम्पनी र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी, इङ्गवा हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर र सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले बढी नाफा कमाएका छन् भने निफ्रा ऊर्जा ऋणपत्र, एसवाई प्यानल नेपाल, पाल्पा सिमेन्ट, भगवती हाइड्रोपावर र बोटलर्स नेपालका लगानीकर्ताले घाटा बेहोरेका छन् ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

ट्यागहरू

#नेप्से परिसूचक#नेप्से#नेपाल स्टक एक्सचेञ्ज#धितोपत्र बजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू