जेठका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांशमा सामान्य गिरावट

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३१, बिहिबार

29
Share
Featured

काठमाडौँ

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार वैशाख महिनाको तुलनामा जेठमा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ।

व्यक्तिगत निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ। त्यसैगरी संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ। अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकहरूले कटौती गरेका छन्।

एनएमबि बैंक, एनआइसि एसिया बैंक, हिमालयन बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, स्टान्डर्ड चार्टर्ड बैंक नेपालकुमारी बैंक लिमिटेडले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएका छन्। तीमध्ये एनआईसी एशिया, हिमालयन र नेपाल बैंकले सबैभन्दा धेरै ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका हुन्। यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.०५ प्रतिशतले सामान्य वृद्धि गरेको छ।

संस्थागत निक्षेपतर्फ सिटिजन्स बैंक इन्टरनेसनलले ०.५ प्रतिशत विन्दुले ब्याजदर बढाएको छ भने कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले उल्लेख्य कटौती गरेका छन्।

जेठ महिनाका लागि एनएमबि बैंकको व्यक्तिगत निक्षेप ब्याजदर ४.८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत कायम भएको छ, जुन अन्य बैंकहरूको तुलनामा उच्च हो। सबैभन्दा कम ब्याजदर भने कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ।

नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन्। बजारमा तरलताको अवस्था र मागलाई ध्यानमा राख्दै बैंकहरूले ब्याजदरमा सामान्य परिमार्जन गरेको देखिएको छ।

यो समाचारमा

एनआइसि एसिया बैंकहिमालयन बैंक लिमिटेडस्टान्डर्ड चार्टर्ड बैंक नेपालकाठमाडौँ
नेपाल बैंक लिमिटेड6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...