बैंकले प्रवासी नेपालीलाई लक्षित गर्दै विश्वभरबाट सुरक्षित र छिटो रकम पठाउन सकिने सेवा उपलब्ध गराएको छ। बैंकको आफ्नै रेमिट्यान्स सेवा HimalRemit™ मार्फत पैसा पठाउन सकिन्छ, जसले निम्न देशहरूसँग सहकार्य गर्दछ:
मध्यपूर्व (UAE, कुवेत, कतार आदि), मलेशिया, दक्षिण कोरिया, जापान, इजरायल, सिंगापुर, अष्ट्रेलिया, अमेरिका, बेलायत, स्पेन, पोर्चुगल, हङकङ लगायत।
HimalRemit™ को प्रविधिमा आधारित अनलाइन प्रणालीले ग्राहकलाई १० मिनेटभित्र पैसा उपलब्ध गराउने सुलभता दिएको छ। यो सेवा B2B (business to business) मोडलमा आधारित रही अन्य संस्थासँग डिजिटल रूपमा जडान भएको छ, जसले गर्दा सुरक्षा, गति र सहजता तीनै पक्ष सुनिश्चित भएको छ। त्यसैले, हिमालयन बैंक हाल नेपालकै सबैभन्दा ठूलो रेमिट्यान्स ह्याण्डलिङ बैंक हो।