
काठमाडौँ । राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३\८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने भएको छ । सभाको आजको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्ने क्रम नसकिएकाले आगामी बैठकमा समेत छलफल जारी रहने जानकारी गराउनुभयो । राष्ट्रियसभामा आजदेखि नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको...