बिहीवार ५ घण्टा पूर्वपश्चिम राजमार्ग ठप्प पार्ने सुकुमबासी संघको चेतावनी ।

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

21
Share
Featured

काठमाडौँ

अखिल नेपाल सुकुमबासी संघले भोलि पूर्वपश्चिम राजमार्ग ५ घण्टा चक्काजाम गर्ने घोषणा गरेको छ।

संघले वैशाख ३१ गते बिहान ५ बजेदेखि १० बजेसम्म राजमार्ग ठप्प पार्ने जनाएको हो।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सुकुमबासी बस्तीहरूमा भइरहेको डोजर कारबाही र उठिबासको विरोधस्वरूप चक्काजाम गर्न लागिएको बताएको छ। संघका अनुसार यो आन्दोलन सुकुमबासीहरूको अधिकार र न्यायका लागि हो।

संघका अध्यक्ष अमर परियारले सुकुमबासीहरूलाई होल्डिङ सेन्टरमा राख्ने होइन, जमिनको स्थायी व्यवस्थापन गरेर समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। उनले सरोकारवाला निकायलाई आन्दोलनमा सहयोग गर्न आग्रहसमेत गरेका छन्।

त्यस्तै, संघका अन्य नेताहरूले पनि विकल्पबिनाको डोजर कारबाहीले नागरिक अधिकार हनन भएको आरोप लगाउँदै आन्दोलनमा समर्थन जनाउन अपिल गरेका छन्। संघले चक्काजामसँगै काठमाडौंको माइतीघर मण्डलामा संयुक्त प्रदर्शनसमेत गर्ने जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...