प्रतिनिधि सभाको सचिवमा पूर्वउपसचिव प्रकाश अधिकारी सिफारिस

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

17
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको सचिवमा पूर्वउपसचिव प्रकाश अधिकारीको नाम सिफारिस गरिएको छ।

सभामुख डोल प्रसाद अर्यालले यसअघि सचिव रहेका हर्कराज साम्पाङ राईलाई हटाएर अधिकारीको नाम राष्ट्रपति समक्ष सिफारिस गरेका हुन्। सङ्खुवासभा निवासी अधिकारी नेपाल सरकारका पूर्वउपसचिव हुन्।

संविधानको धारा १०६ को उपधारा (१) अनुसार प्रतिनिधि सभाको सचिवको नियुक्ति सभामुखको सिफारिसमा राष्ट्रपतिबाट हुने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार अधिकारीको नाम सिफारिस गरिएको हो।

स्रोतका अनुसार संघीय संसद्का पदाधिकारीहरूको सेवा–सुविधा सम्बन्धी ऐन, २०७५ बमोजिम उनलाई विशिष्ट श्रेणीको सचिव सरहको सेवा सुविधा प्रदान हुने व्यवस्था रहनेछ। यद्यपि, राष्ट्रपतिबाट औपचारिक नियुक्ति भने अझै भएको छैन।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँप्रकाश अधिकारीडोल प्रसाद अर्याल
हर्कराज साम्पाङ राई5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...