चीन भ्रमणमा राष्ट्रपति ट्रम्प: सी जिनपिङसँग इरान संकटबारे निर्णायक वार्ता हुने

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

24
Share
Featured
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ९ वर्षपछि चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन्।

  • राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा निर्णायक भेटवार्ता तय भएको छ।

  • इरानले सम्झौता नगरे ठूलो क्षति व्यहोर्नुपर्ने र अमेरिकाले सैन्य विकल्प समेत प्रयोग गर्न सक्ने चेतावनी ट्रम्पले दिएका छन्।

  • इरानको प्रमुख साझेदार भएकाले यो संकट समाधानमा चीनले महत्वपूर्ण मध्यस्थता गर्ने अपेक्षा गरिएको छ।

  • इरानले ९० प्रतिशतसम्म युरेनियम संवर्द्धन गर्ने धम्की दिएपछि अमेरिकाले आफ्नो कूटनीतिक सक्रियता बढाएको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ। ३० वैशाख

इरानसँगको युद्धको खतरा बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प चीन भ्रमणका लागि प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति शी जिनपिङसँग बेइजिङमा बिहीबार र शुक्रबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ। यो पछिल्लो ९ वर्षयता ट्रम्पको पहिलो चीन भ्रमण हो।

भ्रमणमा निस्कनुअघि ट्रम्पले इरानको विषयमा चिनियाँ राष्ट्रपतिसँग विस्तृत छलफल हुने बताएका छन्। उनले इरानलाई चेतावनी दिँदै समयमै सम्झौता नगरे ठूलो क्षति व्यहोर्नुपर्ने र अमेरिकासँग सैन्य तथा कूटनीतिक दुवै विकल्प खुला रहेको प्रष्ट पारेका छन्।

यसअघि इरानले फेरि आक्रमण भएमा ९० प्रतिशतसम्म युरेनियम संवर्द्धन गर्ने चेतावनी दिएको थियो। इरानको प्रमुख आर्थिक तथा रणनीतिक साझेदार मानिने चीनले यस संकट समाधानमा कस्तो भूमिका खेल्छ भन्ने विषयलाई विश्वभर चासोका साथ हेरिएको छ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पइरानकाठमाडौँशी जिनपिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...