रास्वपा सांसद प्रसाईंको प्रश्न: तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा किन रोकियो?

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईले जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका खड्गप्रसाद शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा नचलाइएको भन्दै सरकारमाथि प्रश्न उठाएका छन्।

मंगलबार संसद्को शून्य समयमा बोल्दै सांसद प्रसाईंले सहिदप्रतिको सम्मान केवल औपचारिकतामा सीमित नभई सरकारको व्यवहारबाट देखिनुपर्ने बताएका छन्। उनले मुद्दा चलाउन ढिलाइ हुनुको कारणबारे सरकारसँग स्पष्टता मागेका छन्।

प्रसाईंले ‘जेनजी आन्दोलनका नरसंहारका अभियुक्त’ भनिएका तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध मुद्दा दायर गर्न किन ढिलाइ भइरहेको हो भन्दै प्रश्न उठाएका छन्। उनले प्रमाण नपुगेको हो कि विषय प्राथमिकतामा नपरेको हो भन्नेबारे सरकार स्पष्ट हुनुपर्ने बताए।

सांसद प्रसाईंले विगतका मल्लिक आयोग, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नभई थन्क्याइएको भन्दै हरेक आन्दोलनका सहिदमाथि अन्याय भइरहेको आरोप पनि लगाए। उनले सरकारको ढिलासुस्तीले न्याय प्रक्रिया कमजोर बनाएको टिप्पणी गरे।

यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओलीराष्ट्रिय स्वतन्त्र पार्टीरमेश प्रसाई
रमेश लेखक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...