एसईई नतिजापछि वीरगन्जमा आत्महत्या

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

21
Share
Featured

काठमाडौँ

सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजापछि वीरगञ्ज महानगरपालिका वडा नं. ११,का  शन्नी पट्टेलले आत्महत्या गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार नतिजा सार्वजनिक भएपछि  १५ वर्षीय शन्नी पटेल निराश देखिएका थिए।  परिवारले सम्झाउने प्रयास गरिरहेकै बेला सोमबार राति आफ्नै कोठाभित्र तन्नाको पासो लगाएर  करिब ११:३० बजे उनले आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले घटनाको जानकारी पाउनासाथ टोली खटाई प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको छ।

उनी पर्साको बहुदरमाई नगरपालिकाका दीपेन्द्र पटेलका छोरा हुन् र वीरगन्जको पिपरास्थित नरसिंह माध्यमिक विद्यालयमा अध्ययनरत थिए।

हरेक वर्ष एसईईको नतिजापछि यस्ता घटना दोहोरिने गरेको भन्दै शिक्षाविद् र मनोपरामर्शदाताहरूले परीक्षाको नतिजालाई जीवनको अन्तिम निर्णय नठान्न र बालबालिकालाई मानसिक दबाबमुक्त वातावरण दिन परिवार तथा विद्यालयलाई आग्रह गरेका छन्।

यो समाचारमा

वीरगञ्ज महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    ‘जुलाई’मा औसतभन्दा कम वर्षा

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले ‘जुलाई’ महिनामा  देशभर औसतभन्दा कम वर्षा मापन भएको जनाएको छ ।जुलाई महिनामा औसत ५५८.८ मिलिमिटर वर्षा हुनुपर्नेमा हालसम्म ३०४.३० मिलिमिटर भएको छ । विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका ४१४ वर्षा मापन केन्द्रमध्ये ३७२ केन्द्रमा वर्षा भएको छ ।सो अवधिमा नेपालभर औसत ११।७

    Data is loading...

    Loading brands...

    Loading footer...