काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद पद्मा कुमारी अर्यालले सरकारको ‘नयाँ सोच’ भन्दै अघि सारिएको अभ्यास संसद्लाई पन्छाएर कार्यपालिकाले स्वेच्छाचारिता लाद्ने प्रयास भएको आरोप लगाएकी छन्। प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले सरकारका विभिन्न निर्णयप्रति कडा आपत्ति जनाएकी हुन्।
अर्यालले सरकारले ल्याएका अध्यादेश तथा प्रधानन्यायाधीश नियुक्ति सिफारिसप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। उनका अनुसार लोकतान्त्रिक व्यवस्थामा सरकार शक्तिशाली भए पनि सार्वभौम संसदभन्दा माथि हुन नसक्ने बताइन्।
उनले सरकारको कार्यशैलीले संवैधानिक सन्तुलन कमजोर पार्ने खतरा रहेको उल्लेख गर्दै न्यायपालिकामाथि पनि नियन्त्रण गर्ने प्रयास भइरहेको हो कि भन्ने प्रश्न उठाइन्। साथै सुकुमबासी बस्ती व्यवस्थापनका नाममा उपयुक्त विकल्पबिना डोजर प्रयोग गरिएको भन्दै त्यसलाई उनले आलोचना गरिन्।