वेबसाइट ह्याक गरी ठेक्का मिलेमतो गरेको आरोपमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८३ वैशाख २७, आइतबार

29
Share
Featured

काठमाडौँ

सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायी विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे सहित विभिन्न निर्माण कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरूलाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरू माथि सार्वजनिक खरिद प्रणालीको सर्भरमा अनधिकृत पहुँच बनाएर बोलपत्रको विवरण परिवर्तन गरी ठेक्का मिलेमतोमा पार्ने काम गरेको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा आरोपीहरूले ह्वाट्स एप मार्फत ठेक्का सम्बन्धी सूचना आदानप्रदान गर्दै बिडिङ मूल्यमा हेरफेर गरेको भेटिएको प्रहरीले जनाएको छ। उनीहरूले सन् २०२३ देखि क्लाउड सर्भरमार्फत प्रणालीमा पहुँच बनाएको आरोप छ।

प्रहरीले अनुसन्धानका क्रममा १२ जनालाई पक्राउ गरेको थियो भने बाँकीलाई फरार प्रतिवादीका रूपमा मुद्दा चलाइएको छ। अभियुक्तहरू विरुद्ध क्रिप्टो कारोबार सम्बन्धी कसुरमा पनि सजायको माग दाबी गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यो समाचारमा

काठमाडौँविक्रम पाण्डे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...