बालेन ओलीजस्तै ‘निरकुंश’ भइसके : दुर्गा प्रसाईं

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

14
Share
Featured

भक्तपुर। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले हालको राजनीतिक परिस्थिति र स्थानीय नेतृत्वमाथि कडा टिप्पणी गरेका छन् ।

भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले घण्टीमा भोट हाले भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगेको दाबी गर्दै चुनावपछि राजनीतिक समर्थन र जनमतको अवस्था फेरिएको टिप्पणी गरे ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जस्तै  निरकुंश शैलीमा प्रधानमन्त्री बालेन शाहले पनि शक्ति केन्द्रित गर्न खोजिरहेको आरोप लगाए । प्रसाईँले शक्ति भनेको जनता हो भन्ने कुरा नबिर्सन चेतावनी  दिए ।

उनका अनुसार बालेन शाहले सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोगमार्फत फाँसीवादी शैली अपनाएर शासन चलाउने प्रयास गरिरहेको जस्तो देखिएको टिप्पणी गरे ।

उनले सुकुमबासी तथा मजदुर वर्ग प्रभावित भएको भन्दै घर भत्काइँदा गरिबका सपना चकनाचुर भएको दाबी गरे । उनका अनुसार जीवनभरको कमाइबाट घर बनाएका नागरिकहरू अहिले पीडामा परेका छन् ।

प्रसाईँले समाजमा धनी मात्र नभई मजदुर, ड्राइभर, खलासी, मोची र नाईजस्ता सबै वर्गको आवश्यकता रहेको उल्लेख गर्दै धनी केन्द्रित सिटी निर्माण भइरहेको आरोप लगाए ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...