काठमाडौँ, पोखराअन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भन्सार छुटमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
अख्तियारले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ सचिव शंकरप्रसाद अधिकारी र नागरिक उड्डयन प्राधिकरणका निवर्तमान महानिर्देशक प्रदीप अधिकारीसहित १४ जनाविरुद्ध मुद्दा चलाएको हो।
भ्रष्टाचारमा संलग्न रहेको आरोपमा तत्कालीन सहसचिवहरू, उपसचिव र इन्जिनियरहरूलाई समेत प्रतिवादी बनाउँदै बिगो बमोजिमको सजाय र जरिवाना माग गरिएको छ। विमानस्थल निर्माणका क्रममा राज्यलाई ठुलो आर्थिक नोक्सानी पुर्याएको भन्दै अख्तियारले यो कदम चालेको हो।
https://ciaa.gov.np/uploads//pressRelease/SMCmBG.pdf