सभामुखले बोलाएको दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

11
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले बोलाएको प्रमुख दलहरूको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ। सोमबार सिंहदरबारमा जारी बैठकमा उक्त पार्टी सहभागी नभएको हो।

सभामुख अर्यालले समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षका दलका प्रमुख सचेतक तथा सचेतकहरूको बैठक आह्वान गरेका थिए। तर, छलफलका लागि बोलाइए पनि श्रम संस्कृति पार्टी बैठकमा उपस्थित भएन।

प्रतिनिधिसभामा नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीको प्रतिनिधित्व रहेको छ। अन्य दलहरूको सहभागितामा बैठक जारी रहेको जनाइएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीडोल प्रसाद अर्यालनेपाल कम्युनिष्ट पार्टी (एमाले)श्रम संस्कृति पार्टी
नेपाली काँग्रेस7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...