शेखर कोइराला समूहको बागमती प्रदेशस्तरीय छलफलमा नेताहरूको ठूलो उपस्थिति

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

20
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले बागमती प्रदेशका नेताहरूको भेला गरेका छन्। बिहीबार बालुवाटारस्थित ओपेरा होटलमा भएको छलफलमा बागमती प्रदेशका विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, जिल्ला सभापति तथा पूर्वसभापति, सांसद र पूर्वसांसद, प्रदेश सांसद, साथै प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी भएका थिए।

छलफलमा सहभागी नेताहरूले पार्टीको वर्तमान अवस्था र आगामी रणनीतिबारे सुझाव प्रस्तुत गरेका थिए। डा. कोइरालाले देश र पार्टीको पछिल्लो परिस्थितिबारे कसरी अघि बढ्ने भन्ने विषयमा सहभागीहरूबाट राय–सुझाव मागेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।

सहभागीहरूले क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा पुनः अद्यावधिक गर्नु उपयुक्त नहुने बताएका थिए। विशेष महाधिवेशनका कारण पार्टीभित्र एकता कमजोर भएको भन्दै नेताहरूले पार्टी एकताबद्ध बनाउने जिम्मेवारी सभापतिकै रहेको धारणा पनि राखेका थिए।

भेलामा पूर्वउपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री डा. शशांक कोइराला, पूर्वसहमहामन्त्री बद्री पाण्डेजीवन परियारसहित केन्द्रीय तथा प्रदेशस्तरका नेताहरू, सांसद, स्थानीय तहका प्रमुख तथा पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

यो समाचारमा

नेपाली काँग्रेसडॉ. शेखर कोईरालाधनराज गुरुङबद्री पाण्डे
जीवन परियार7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...