कृष्ण सिटौला राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाइए

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

14
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौला राष्ट्रिय सभा संसदीय दलको नेताबाट हटाइएका छन्। पार्टीभित्रको निर्णयअनुसार उनलाई उक्त जिम्मेवारीबाट हटाइएको हो।

प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिटौलाको स्थानमा कमला पन्तलाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेका छन्। उनले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १२ (२) बमोजिम पन्तलाई उक्त जिम्मेवारी दिएको जानकारी दिएका छन्।

पार्टी स्रोतका अनुसार कृष्णप्रसाद सिटौला विशेष महाधिवेशनको विपक्षमा थिए भने नव नियुक्त नेता कमला पन्त विशेष महाधिवेशनको पक्षमा रहेकी थिइन्। यसै राजनीतिक मतभेदबीच नेतृत्व परिवर्तन गरिएको बताइएको छ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसकृष्ण प्रसाद सिटौला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...