परराष्ट्रमन्त्री शिशिर खनाल: भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएको छ

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

23
Share
Featured

काठमाडौँ

परराष्ट्रमन्त्री शिशिर खनालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति अपनाएर काम गरिरहेको बताएका छन्। उनले कूटनीतिक आचारसंहिता पालनालाई प्राथमिकतामा राख्दै परराष्ट्र सम्बन्धलाई व्यवस्थित बनाउन सरकार सक्रिय रहेको उल्लेख गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० द्वारा मनमैजुमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले कूटनीतिक आचरण प्रधानमन्त्री, मन्त्रीदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिमा समान रूपमा लागू गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताए। उनका अनुसार यसका लागि आवश्यक तालिमको व्यवस्था समेत गरिएको छ।

उनले कूटनीतिक नियम सबैले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै सुशासन र आर्थिक समृद्धिका लागि सरकार निरन्तर काम गरिरहेको दाबी गरे। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रअनुसार सुशासन र विकासलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको उनले उल्लेख गरे।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिकाशिशिर खनालराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...