देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

23
Share
Featured
  • आज र भोलि देशभर ६ महिना–५ वर्षका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ।
  • करिब २२ लाखलाई भिटामिन ‘ए’ र २० लाखलाई अलबेन्डाजोल दिने लक्ष्य छ।
  • ५२ हजार स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन, अभिभावकलाई नजिकैको केन्द्रमा लैजान आग्रह।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले आज (आइतबार) र भोलि (सोमबार) देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने लक्ष्य राखेको छ।

यसैगरी, एक वर्षदेखि पाँच वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि (अलबेन्डाजोल) समेत खुवाइने स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको छ। यस अभियानलाई सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन, आँखाको ज्योति सुरक्षित राख्न र कुपोषण तथा रगतको कमी जस्ता समस्याबाट बचाउन सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा यो निःशुल्क कार्यक्रम सञ्चालन गर्दै आएको छ। अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्र वा पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

यो समाचारमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्नका लागि गरिने स्वास्थ्य परीक्षणमा रहेको 'सिण्डिकेट' अन्त्य गर्दै सरकारले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन पहल सुरु गरेको छ। यातायात व्यवस्था विभागले अब नेपाल मेडिकल काउन्सिलमा दर्ता भई इजाजत प्राप्त गरेका जुनसुकै चिकित्सकले प्रदान गरेको स्वास्थ्य परीक्षण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरेको हो।विभागका सवारी

    Data is loading...

    Loading brands...

    Loading footer...