काठमाडौँ
वर्ष २०८२ नेपाली गीतसंगीतका लागि मिश्रित तर सक्रिय वर्षका रूपमा देखिएको छ। लोक, आधुनिक, पप, र्यापदेखि फिल्मी गीतसम्मले दर्शकको ध्यान खिच्दा कतिपय गीतहरूयुट्युबमा करोडौँ भ्युज हासिल गर्न सफल भएका छन्। टिकटक र रिल्सको प्रभावले धेरै गीतहरूको लोकप्रियता झनै बढेको देखिन्छ।
यो वर्ष फिल्म ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ युट्युबमा सबैभन्दा बढी हेरिएको गीत बनेको छ। प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतले ४ करोड ४८ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। यसैगरी फिल्म ‘ऊनको स्वीटर’को ‘काफ्ले’ र ‘चाइनेजो जिन्दगानीमा’ पनि धेरै हेरिने गीतहरूमा परेका छन्।
लोकप्रिय गीतहरूको सूचीमा समीक्षा अधिकारीको ‘शीरमा शिरबन्दी’, प्रकाश दुतराजको ‘छैन र माया’, दुर्गेश थापाको ‘जाने भए जाम माया’, अर्जुन सापकोटाको ‘झलिको’ लगायतका गीतहरू पनि समावेश छन्। यी सबै गीतहरूले करोडौँ भ्युज हासिल गर्दै सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएका छन्।
त्यस्तै ‘आन्टी लभर’, ‘पुतली मया लाम्न हो’ र ‘डोको बुन्ने नियालो चोयाले’ जस्ता गीतहरूले पनि टिकटक र रिल्समा लोकप्रियता कमाएका छन्। समग्रमा, २०८२ मा नेपाली संगीत उद्योगमा डिजिटल प्लेटफर्मको प्रभाव स्पष्ट रूपमा देखिएको छ।