
काठमाडौँवर्ष २०८२ नेपाली गीतसंगीतका लागि मिश्रित तर सक्रिय वर्षका रूपमा देखिएको छ। लोक, आधुनिक, पप, र्यापदेखि फिल्मी गीतसम्मले दर्शकको ध्यान खिच्दा कतिपय गीतहरूयुट्युबमा करोडौँ भ्युज हासिल गर्न सफल भएका छन्। टिकटक र रिल्सको प्रभावले धेरै गीतहरूको लोकप्रियता झनै बढेको देखिन्छ।यो वर्ष फिल्म ‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ युट्युबमा सबैभन्दा बढी हेरिएको...