गण्डकीमा सबै मन्त्री फेरिए, कांग्रेस–एमालेबीच मन्त्रालय बराबरी भागबण्डा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

18
Share
Featured

काठमाडौँ

गण्डकी प्रदेशमा सबै मन्त्रीहरू फेरिएका छन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। पुनर्गठित मन्त्रिपरिषद्मा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालयहरूको बराबरी भागबण्डा गरिएको छ।

नयाँ मन्त्रिपरिषद्मा नेपाली काँग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेका छन्। त्यस्तै रेखा गुरुङ सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरणमन्त्री बनेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)तर्फ गोविन्द बहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन्। यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी तथा भीम कार्की स्वास्थ्य मन्त्री बनेका छन्।

यसअघि अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ, सामाजिक विकासमा विन्दुकुमार थापा र वन मन्त्रालयमा भेषबहादुर पौडेल मन्त्री रहेका थिए। ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री पाण्डेले नै सम्हाल्दै आएका थिए।

गण्डकी प्रदेशको मन्त्रिपरिषद् ९ सदस्यीय रहेको छ। नयाँ भागबण्डाअनुसार कांग्रेस र एमालेले चार–चार वटा मन्त्रालय पाएका छन्।

यो समाचारमा

सुरेन्द्र पाण्डेगण्डकी प्रदेशनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कृषकलाई अनुदानमा ‘दूध चिस्यान ट्याङ्की’ वितरण

    काठमाडौं । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ कास्कीले आर्थिक वर्ष २०८२/८३ मा कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको आय आर्जनमा टेवा पु¥याउने विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।कार्यक्रमअन्तर्गत दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं सुदुढीकरण कार्यक्रमले किसानलाई प्रत्यक्ष फाइदा पुगेको छ । पोखरा महानगरपालिका–२५ हेमजाका व्यावसायिक कृषक

    Data is loading...

    Loading brands...

    Loading footer...