म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध, सञ्चार र पठनपाठन ठप्प

Author

सजिलो पत्रिका

२०८३ असार ३२, बिहिबार

13
Share
Featured

चट्याङले लघुजलविद्युत परियोजनामा क्षति पुर्‍याउँदा लुलाङका करिब ४०० घरधुरी १० दिनदेखि विद्युतविहीन छन्।

विद्युत अभावका कारण शिक्षा, सञ्चार र दैनिक सेवा प्रभावित भएका छन्।

केन्द्रीय विद्युत लाइन पुगे पनि जडान नहुँदा प्रयोगमा आएको छैन।

समाचार सारांशGenerated using AI.

बेनी । म्याग्दीको धौलागिरि गाउँपालिका-२ लुलाङमा १० दिनदेखि विद्युत सेवा अवरुद्ध बनेको छ । दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको विद्युतगृहका उपकरणमा चट्याङले क्षति पुर्‍याएपछि यस परियोजनाबाट विद्युत सेवा उपभोग गरिरहेका करिब ४०० घर विद्युत सुविधाबाट वञ्चित भएका छन् ।

चट्याङले विद्युतगृहको एलसी प्लेट जलेको र उपकरण मर्मतका लागि बुटवल पठाइएको परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाले जानकारी दिए । उनका अनुसार यस परियोजनाबाट लुलाङ, लमसुङ, खोरीया, मरेनी टोलका बासिन्दाले विद्युत सुविधा उपभोग गर्दै आएका थिए ।

५० किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनामा प्राकृतिक प्रकोप र चट्याङको कारण स्थानीयले हरेक वर्ष सास्ती बेहोर्दै आएका छन् । विद्युत अभावमा रातको समयमा सिङ्गो वडा अन्धकार बनेको छ भने विद्यार्थीलाई पठनपाठन, घरेलु उद्योग सञ्चालन र वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या भएको छ ।

मोबाइललगायतका विद्युतीय सामग्रीको चार्ज गर्ने प्रबन्ध नहुँदा यहाँ सञ्चार सेवा प्रभावित बनेको छ । गत जेठ महिनामा लुलाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा पुगेको भए पनि स्थानीयवासीको घरमा मिटरबक्स जडान र वायरिङ नहुँदा अहिलेसम्म केन्द्रीय विद्युतीकरण प्रयोगमा आएको छैन ।

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डिजिटल पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

    काठमाडौं ।‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा गत आर्थिक वर्ष राष्ट्रिय परिचयपत्रका लागि ७९ हजारभन्दा बढी नागरिकको विवरण सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीको आव २०८२/८३ को वार्षिक प्रगति विवरणअनुसार ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो । तीमध्ये ३६ हजार २०

    Data is loading...

    Loading brands...

    Loading footer...