सहरी क्षेत्रको डुबान रोक्न व्यास नगरपालिकाले फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना बनाउने

Author

सजिलो पत्रिका

२०८३ असार २९, सोमबार

7
Share
Featured
  • व्यास नगरपालिकाले सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ र नदी नियन्त्रणलाई प्राथमिकतामा राखेर पूर्वाधार विकास योजना अघि सारेको छ।
  • नगरले ‘उज्यालो नगरपालिका’ अभियान, फोहर पानी प्रशोधन केन्द्र तथा सिँचाइ विस्तारका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
  • व्यास-बुद्धसिं मार्गलाई क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्न संघीय सरकारसँग सहकार्य गरी स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ।
  • समाचार सारांशGenerated using AI.

    तनहुँ । व्यास नगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक स्तरोन्नति, ढल व्यवस्थापन, विद्युतीकरण, सिँचाइ तथा नदी नियन्त्रणका कार्यक्रम अघि सारेको छ ।

    नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरभित्रका सडकलाई वर्षभरि नै सञ्चालनयोग्य बनाउने तथा योजनाबद्ध रूपमा स्तरोन्नति गर्ने नीति लिइएको जानकारी दिए । उनका अनुसार नगरभित्रका सडकको लगत कट्टा गर्दै आवश्यक सडकलाई स्तरोन्नति गरिनेछ । दीर्घकालीन योजना, आवधिक योजना, मध्यकालीन खर्च संरचना तथा एकीकृत सहरी विकास कार्यक्रमको मार्गदर्शनअनुसार नगरपालिकाको सन्तुलित विकास अवधारणालाई कार्यान्वयन गरिएको छ ।

    नगरप्रमुख न्यौपानेले दमौलीसहितका सहरी क्षेत्रमा वर्षायाममा हुने डुबान र ढल निकासको समस्यालाई समाधान गर्न फोहर पानी प्रशोधन केन्द्रसहितको गुरुयोजना तयार गरी क्रमशः कार्यान्वयन गरिने बताए ।

    नगरपालिका र नेपाल विद्युत प्राधिकरणबीचको सहकार्यमा सहरी वडामा स्मार्ट लाइट जडान तथा ग्रामीण वडाका सबै गाउँमा विद्युतीकरण विस्तार गरिनेछ । सडक बत्तीलाई व्यवस्थित गर्दै ‘उज्यालो नगरपालिका’ अभियानलाई कार्यान्वयनमा ल्याइने उहाँको भनाइ छ ।

    कृषि उत्पादन वृद्धि र सिँचाइ सुविधा विस्तारका लागि व्यास-१० दुम्सीचौरस्थित निर्माणाधीन नारेश्वर तालबाट पानी लिफ्ट गरी दुम्सीचौर क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ । नगरपालिकाले सहभागितामूलक योजना तर्जुमा प्रक्रियालाई निरन्तरता दिने भएको छ । प्रत्येक वडा, बस्ती तथा टोल विकास संस्थाको सहभागिता र परामर्शमा विकास आयोजना छनोट गर्ने नीति अवलम्बन गरिएको छ ।

    विकास आयोजनामा उपभोक्ताको सहभागितालाई पनि स्पष्ट रूपमा निर्धारण गरिएको छ । नगरप्रमुख न्यौपानेले आगामी आर्थिक वर्षदेखि उपभोक्ता समितिमार्फत सञ्चालन हुने १० लाखभन्दा कम लागतका योजनामा तीन प्रतिशतमात्रै ‘कन्टिन्जेन्सी’ कट्टा गरिने जानकारी दिए । ‘यसले स्थानीयस्तरमा साना विकास योजनाको प्रभावकारिता बढाउनुका साथै मर्मतसम्भारका लागि छुट्टै स्रोत सुनिश्चित गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

    सहरी क्षेत्रका चोक, सडकपेटी तथा जीर्ण सडकको स्तरोन्नतिका लागि सडक बोर्ड नेपालसँग सहकार्य गरिनेछ । नगरभित्रका सबै सडकको वर्गीकरण गरी सडक किनारमा वृक्षरोपण अभियान सञ्चालन गरेर हरियाली प्रवर्धन गरिने नीति अघि सारिएको छ ।

    नगरप्रमुख न्यौपानेले सेती र मादी नदी उपत्यकामा रहेको व्यास मार्ग तथा बुद्धसिं मार्गलाई यस क्षेत्रको ‘जीवनरेखा’का रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए । तनहुँ, लमजुङकास्कीहुँदै गण्डकी र बागमती प्रदेशजोड्ने उक्त सडकलाई ‘व्यास-बुद्धसिं मार्ग’ नामकरण गरी संघीय सरकारअन्तर्गत निर्माण तथा विस्तारका कामलाई पूर्णता दिन पहल गरिने उनले जानकारी दिए ।

    यो समाचारमा

    तनहुँव्यास नगरपालिकाकास्कीलमजुङ
    बागमती प्रदेश4 more

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

      कुल मतदान: 0

      सम्बन्धित समाचार

      sajilo patrika

      काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

      काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

      Data is loading...

      Loading brands...

      Loading footer...