नेप्सेमा सामान्य गिरावट, ८ अर्ब ६६ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

15
Share
Featured

काठमाडौँ

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ। आज नेप्से ४.१८ अंकले घटेर २८३३.६० विन्दुमा पुगेर बन्द भएको हो।

आज कुल ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबारमा होटल्स, हाइड्रो, लगानी, उत्पादन, म्युचुअल फण्ड र निर्जीव बीमा समूह बाहेक अन्य सबै क्षेत्रका सूचक घटेका छन्।

यस दिन सुपर खुदी, होटल फोरेस्ट इन, सूर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, रिज लाइन इनर्जीको शेयर ९.९९ प्रतिशतले वृद्धि भएको छ भने युनिक नेपाल लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ३.६० प्रतिशतले घटेको छ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी ९३ करोड १९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको ४९ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...