नेपाल कम्युनिष्ट पार्टी (एमाले) दाङले घोराही–४ का वडाध्यक्ष घिमिरेलाई पार्टीबाट निष्कासन गर्‍यो

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

26
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
दाङले घोराही–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई पार्टीबाट निष्कासन गरेको छ। उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जनाइएको छ।

चैत २३ गते बसेको जिल्ला कमिटी बैठकले पार्टी महासचिव शंकर पोखरेल विरुद्ध गतिविधि गरेको आरोपमा घिमिरेमाथि कारबाही गरेको हो। जिल्ला प्रचार विभाग प्रमुख संगीत बस्यालका अनुसार उनले पार्टी अनुशासन विपरीत काम गरेको ठहर गरिएको छ।

घिमिरे पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा सक्रिय देखिएका थिए। उनले सामाजिक सञ्जालमार्फत एमाले परित्याग गरेको घोषणा समेत गरेका थिए।

२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका घिमिरेलाई पार्टीले वडाध्यक्ष पदबाट हटाउन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीसमक्ष सिफारिस गरेको छ।

यसअघि पनि घोराही–८ का वडाध्यक्ष जितेन्द्र शाहलाई पार्टीले कारबाही गरिसकेको जनाएको छ।

यो समाचारमा

काठमाडौँशंकर पोखरेलनेपाल कम्युनिष्ट पार्टी (एमाले)राष्ट्रिय स्वतन्त्र पार्टी
दाङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...