महिला हिंसा विरुद्ध गम्भीर हुन सांसद सुनारको ध्यानाकर्षण, बोली रेकर्डबाट हटाउन भनेपछि संसद् बैठकमा वादविवाद

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

21
Share
Featured

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकारले कानुनमा गम्भीर हेरफेर गर्नुपर्ने माग राखेका छन्।

मंगलबार (चैत २४ गते) प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद सुनारले बाँकेको नेपालगञ्ज(१२, कोरियनपुरमा भएको बीभत्स घटनाप्रति सदनको ध्यानाकर्षण गराए। उनले गत चैत १३ गते राति २३ वर्षीया सिर्जना बुढामाथि पेट्रोल छर्किएर हत्या गरिएको घटना उल्लेख गर्दै भने,मृतक बुढाले हत्या हुनुअघि नै असुरक्षा महसुस गरी प्रहरीमा उजुरी दिएकी थिइन्। तर, प्रहरीले उनको उजुरीलाई गम्भीरताका साथ नलिँदा उनले ज्यान गुमाउनु पर्यो। 

यसैबीच,नेपाली काँग्रेसका सांसद कालि बहादुर सहकारीले यसअघिको बैठकमा कालिकोटको दलित महिला जनप्रतिनिधिको हत्या सम्बन्धी सूचना मिथ्या भएको भन्दै संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। सांसद सहकारीको उक्त मागप्रति आपत्ति जनाउँदै सुनारले सोही बैठकमा जवाफ दिएका हुन्।

सांसद सुनारले वडा नम्बर उल्लेख गर्दा केही प्राविधिक त्रुटि भएकोमा माफी माग्दै भने'',वडा नम्बर तलमाथि भएकोमा म क्षमा चाहन्छु, तर २०७५ जेठ १९ गते कालिकोटको नरहरिनाथ गाउँपालिका (९ की दलित महिला सदस्य मना सार्कीको हत्या भएको तथ्य सत्य हो।उनले हत्या जस्तो संवेदनशील विषयलाई ुहल्काु रूपमा नलिन आग्रह गर्दै, जनप्रतिनिधिको हत्याको विषयलाई नै इन्कार गरी रेकर्डबाट हटाउन खोज्नु खेदजनक रहेको भन्दै आक्रोश व्यक्त गरे।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँखगेन्द्र सुनारराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...