प्रतिनिधिसभाको पहिलो बैठकमा प्रचण्डले सम्बोधन नगर्ने, वर्षमान पुनले सम्बोधन गर्ने

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

19
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा निर्वाचनपछि आज बस्ने पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन नगर्ने भएका छन्। पार्टीका तर्फबाट भने अर्का नेता वर्षमान पुनले सम्बोधन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यका अनुसार पहिलो दिनको बैठकमा शुभकामना मन्तव्य मात्र दिने कार्यक्रम भएकाले प्रचण्डको सट्टा वर्षमान पुनलाई सम्बोधनका लागि अघि सारिएको हो।

उनका अनुसार पूर्वप्रधानमन्त्रीको हैसियतले प्रचण्डले जुनसुकै समयमा पनि संसदमा बोल्न सक्ने संसदीय अभ्यास रहे पनि आजको बैठक औपचारिक शुभकामना सत्र मात्र भएकाले पार्टीको प्रतिनिधित्व पुनले गर्ने निर्णय गरिएको हो।

यो समाचारमा

पुष्पकमल दाहालकाठमाडौँनेपाली कम्युनिष्ट पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...