देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न सांसदलाई अध्यक्ष ओलीको निर्देशन

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

19
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले निर्वाचनको परिणामबाट हरेश नखाई देश र जनताका पक्षमा दृढतापूर्वक काम गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएलगत्तै पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदलाई जनहित र राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यसअघि पनि पार्टीले देश र जनता पक्षमा काम गरेको स्मरण गराउँदै आगामी दिनमा पनि मुलुकको समृद्धिका पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आफूहरू सत्य, समृद्धि र विकासको मार्गमा रहेकाले आफूविरुद्ध हुनसक्ने गलत प्रचारविरुद्ध दृढतापूर्वक सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

“हामीविरुद्ध तथ्य र तर्कमा आधारित नभई असभ्य र भ्रमपूर्ण रूपमा प्रहार हुनसक्ने भएकाले त्यसको डटेर सामना गर्न एकजुट हुनुको विकल्प छैन । अहिले नै हामीले हरेस खानुपर्ने कुनै आवश्यकता छैन । हामी सत्यको मार्गमा थियौँ, छौँ र रहनेछौँ”, उहाँले भन्नुभयो “यस अवस्थामा हाम्रो पार्टी एकताबद्ध र एक ढिक्का भएर अगाडि बढ्नुपर्छ । पार्टीका नीति र निर्णयबमोजिम अनुशासित भएर नेता र सांसद प्रस्तुत हुनुपर्छ ।”

अध्यक्ष ओलीले अहिले विश्व राजनीतिमा अराजकता हाबी भएको भन्दै संयुक्त राष्ट्रसङ्घजस्ता निकाय निष्प्रभावी भएका बताउनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष राम बहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, सचिव पद्मा कुमारी अर्याललगायत सहभागी हुनुहुन्थ्यो ।

यो समाचारमा

राम बहादुर थापा (बादल)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँशंकर पोखरेल
पद्मा कुमारी अर्याल5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...