रास्वपाको जितमा अमेरिकाको बधाई, विशेष दूत गोरले गरे रवि लामिछानेलाई फोन

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार

18
Share
Featured

काठमाडौँ

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जितका लागि संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ। दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले चैत १० गते रास्वपा सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन्।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न, आर्थिक साझेदारीलाई सुदृढ बनाउन र दुई देशबीचको मित्रतालाई थप प्रगाढ बनाउन उत्सुक रहेको छ। विशेष दूत गोरले टेलिफोन संवादका क्रममा रास्वपाको विजयको प्रशंसा गर्दै आगामी दिनमा आपसी हितका विषयमा मिलेर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाराष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरवि लामिछाने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...