कतार आक्रमणपछि नेपाल जोखिम र अवसरको दोधारमा

Author

प्रियंका दुतराज

२०८२ चैत ०६, शुक्रबार

123
Share
Featured
Image Source: एआईबाट
  • रास लाफान औद्योगिक क्षेत्र मा आक्रमणपछि विश्व ऊर्जा बजार र ‘पेट्रोडलर’ प्रणालीमा ठूलो धक्का पुगेको छ।
  • नेपाल का लागि रेमिट्यान्स र रोजगारीमा जोखिम बढे पनि जलविद्युत् र स्वच्छ ऊर्जामा ठूलो अवसर देखिएको छ।
  • बदलिँदो विश्व अर्थतन्त्रमा चीन र भारत को भूमिका बढ्दै जाँदा नेपालले कूटनीति र ऊर्जा रणनीति परिमार्जन गर्नुपर्ने आवश्यकता छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

विगत एक शताब्दीदेखि विश्वको राजनीति र अर्थतन्त्रलाई नियन्त्रण गरिरहेको ’कालो सुन’ अर्थात् पेट्रोलियम पदार्थको साम्राज्य यतिबेला इतिहासकै गम्भीर मोडमा आइपुगेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा इरानले गरेको पछिल्लो क्षेप्यास्त्र आक्रमणले विश्व ऊर्जा बजारमा मात्र होइन, दशकौंदेखि कायम ’पेट्रोडलर’ को वर्चस्वमा समेत ठूलो धक्का पुर्‍याएको छ ।

कतारको रक्षा मन्त्रालयका अनुसार इरानी आक्रमणबाट रास लाफानस्थित ग्यास उद्योग र इन्धन प्रशोधन केन्द्रमा व्यापक क्षति पुगेको छ । कतार ऊर्जा कम्पनीका प्रमुख साद अल काबीले यसबाट देशको १७ प्रतिशत उत्पादन क्षमता नष्ट भएको र पूर्ण मर्मतका लागि ३ देखि ५ वर्ष लाग्न सक्ने बताएका छन् । बीबीसी न्युजका अनुसार २६ अर्ब डलरको लगानी जोखिममा परेपछि कतारले इटाली, बेल्जियम, दक्षिण कोरिया र चीनजस्ता देशहरूसँगको आपूर्ति सम्झौतामा ‘फोर्स मेजेर’ (काबू बाहिरको परिस्थिति) घोषणा गर्नुपर्ने अवस्था आएको छ ।


यो संकट केवल एउटा क्षेत्रीय युद्धको परिणाम मात्र होइन, यो विश्वव्यापी आर्थिक शक्ति सन्तुलन परिवर्तनको संकेत पनि हो । सन् १९०८ मा इरानबाट सुरु भएको तेलको यात्रा र १९७४ मा स्थापित ’पेट्रोडलर’ प्रणाली (तेलको व्यापार डलरमा मात्र गर्ने सम्झौता) ले अमेरिकालाई विश्वको निर्विकल्प महाशक्ति बनायो । तर, अहिले ब्रिक्स (BRICS)  राष्ट्रहरूको उदय र ’डिडलरराइजेसन’ (डलरको विकल्प खोज्ने अभियान) ले त्यो एकाधिकारलाई चुनौती दिइरहेको छ । चीनले युआन र भारतले रुपैयाँमा तेलको व्यापार सुरु गर्नुले सन् २०३० सम्ममा डलरको एकलौटी राज अन्त्य हुने प्रक्षेपण गरिएको छ ।

सन् २०३५ सम्ममा विश्वले खनिज इन्धनलाई विस्थापित गरी विद्युतीय सवारी र ’सेतो सुन’ भनिने लिथियम क्रान्तितर्फ पाइला चाल्नेछ । यसले मध्यपूर्वको भू–राजनीतिक महत्त्व घटाउँदै एसियाली शक्तिहरू—चीन र भारतलाई विश्व अर्थतन्त्रको केन्द्रमा ल्याउनेछ । सन् २०४७ सम्ममा विश्व पूर्ण रूपमा ’एसियाली शताब्दी’ मा प्रवेश गर्ने देखिन्छ ।

यो विश्वव्यापी उथलपुथल नेपालका लागि अवसर र जोखिमको नयाँ चेपुवा हो । तेलको माग घट्दा मध्यपूर्वमा निर्भर नेपालको रेमिट्यान्स र अदक्ष जनशक्तिको रोजगारीमा संकट आउन सक्छ । तर, विश्वले स्वच्छ ऊर्जा खोजिरहेको यो समयमा नेपालको ’जलविद्युत’ अमूल्य सम्पत्ति बन्न सक्छ । छिमेकी भारत र चीनको आर्थिक वृद्धिको लाभ लिन नेपालले आफ्नो कूटनीति र ऊर्जा व्यापारलाई समयमै परिमार्जन गर्न आवश्यक छ ।

इतिहासले सिकाएको छ— समयको पदचाप बुझ्न नसक्ने राष्ट्रहरू पछाडि पर्छन् । कतारको यो संकट र बदलिँदो विश्व–व्यवस्थाले नेपाललाई केवल दर्शक होइन, एक रणनीतिक र सचेत खेलाडी बन्न दबाब दिएको छ । -एजेन्सीहरुको सहयोगबाट


यो समाचारमा

इरानइटालीबेल्जियमकाठमाडौँ
चीन7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...