मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

Author

सजिलो पत्रिका

२०८२ चैत ०४, बुधबार

30
Share
Featured

काठमाडौँ


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिनुभएको छ । उहाँले बेलायती संसदलाई सम्बोधन गर्दै युक्रेनले ‘शहेद ड्रोन’को सामना गर्न सक्ने दक्ष जनशक्ति पठाएको बताउनुभयो ।

उहाँका अनुसार ती विशेषज्ञ टोलीहरू अहिले संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरेबियामा पुगिसकेका छन् भने कुवेत तर्फ जाने क्रममा छन् । साथै थप ३४ जना विशेषज्ञ पनि पठाउन तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले दैनिक करिब दुई हजार इन्टरसेप्टर ड्रोन उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको र त्यसको आधा हिस्सा सहयोगी देशहरूलाई उपलब्ध गराउन सकिने बताउनुभयो । उहाँले  समुद्रभित्र सञ्चालन गर्न सकिने ड्रोन तथा महासागरमा काम गर्ने प्रविधि पनि विकास भइरहेको जानकारी दिनुभयो ।

यसैबीच, संयुक्त राज्य अमेरिकाइजरायलले इरान माथि ठूलो आक्रमण गरेपछि क्षेत्रीय तनाव चुलिएको छ । इरानले प्रतिकारस्वरूप आक्रमण गरेपछि होर्मुज जलडमरु हुँदै हुने जहाज आवतजावत समेत प्रभावित भएको छ ।

इरानी सांसद इब्राहिम अजीजीले सामाजिक सञ्जालमार्फत युक्रेन अमेरिकी–इजरायली युद्धमा संलग्न भएकाले अब इरानको निशानामा परेको बताउनुभएको छ । उहाँले संयुक्त राष्ट्रसङ्घको प्रावधानअनुसार युक्रेनलाई ‘वैध लक्ष्य’ बनाइएको दाबी गर्नुभयो । क्षेत्रीय द्वन्द्व थप चर्किने संकेत देखिएको छ ।

यो समाचारमा

भोलोदिमिर जेलेन्स्कीइरानसाउदी अरेबियाइजरायल
युक्रेन8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...